global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ स्वास्थ्यमन्त्री सिंहद्वारा एचपिभी खोप अभियानको उद्घाटन

स्वास्थ्यमन्त्री सिंहद्वारा एचपिभी खोप अभियानको उद्घाटन

स्वास्थ्यमन्त्री सिंहद्वारा एचपिभी खोप अभियानको उद्घाटन

मधेश प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिहंले पाठेघरको मुखको क्यान्सरविरुद्धको ९एचपिभी० खोप अभियानको आज उद्घाटन गरेको छ । विश्व क्यान्सर दिवसका अवसरमा यहाँ आयोजित एक समारोहबीच  अभियानको उद्घाटन गरेको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा धनुषाका ५६ हजार दुई सय ८२ किशोरीहरुलाई  खोप लगाउन थालिएको सो अभियानअन्तर्गत १०  देखि  १४ वर्षकी किशोरीहरुलाई खोप दिइने छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख उमेश यादवका अनुसार सो खोप अभियानका लागि जिल्लाका विभिन्न स्थानमा पाँच सय ४२ खोप केन्द्रमा खोप कार्यकर्ता तथा एक हजार ८४ जना स्वयंसेवक परिचालन गरिएको छ ।

पहिलो चरणमा यही माघ २३ गतेखि २८ गतेसम्म तथा दोस्रो चरणअन्तर्गत आगामी फागुन १ गतेदेखि फागुन छ गतेसम्म खोप अभियान सञ्चालन हुने कार्यालयले जनाएको छ । प्राप्त तथ्याङ्कअनुसार विश्वको एक सय ४७ वटा मुलुकका साथै नेपालमा पनि यो खोप सुुरु भएको बताइएको छ ।

सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सिंहले जनताको स्वास्थ्य एवं सुरक्षाका लागि मधेश प्रदेश सरकार सक्रिय रहने प्रतिबद्धता जनाउँदै पाठेघरको क्यान्सरबाट सुरक्षित राख्न एचपिभी खोप अभियानलाई सफल बनाउनुपर्ने बताए ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले जिल्लामा यो खोप कार्यक्रम सफल बनाउन सबै स्थानीय तहलाई  लिखित जानकारी गराएको बताउँदै क्यान्सर रोग नसर्ने भए पनि यसबाट सतर्क रहन आग्रह गरे ।

प्रकाशित समय : १६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु