गृहपृष्ठ नेपाल टेलिकममा सर्वसाधारणको शेयर स्वामित्व २५ प्रतिशत पुर्याइने
नेपाल टेलिकममा सर्वसाधारणको शेयर स्वामित्व २५ प्रतिशत पुर्याइने

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले नेपाल टेलिकममा सर्वसाधारणको शेयर स्वामित्व २५ प्रतिशत पुर्याउने बताएका छन । नेपाल टेलिकमको २१ओँ वार्षिकोत्सवको अवरमा बोल्दै मन्त्री गुरूङले यस्तो बताएका हुन् ।
सम्भवतः यो वर्ष भित्रै नेपाल टेलिकममा सर्वसाधारणको शेयर स्वामित्व २५ प्रतिशत पुर्याइने उनले जानकारी दिए ।
सर्वसाधारणको स्वामित्व बढेपछि अपनत्व महशुस हुन्छ । त्यसपछि जनताप्रति बढी जिम्मेवार हुनुपर्छ,उनले भने, सम्भवतः यही वर्ष भित्र त्यो काम हुन्छ ।
अहिले नेपाल टेलिकममा ९२ प्रतिशत सरकारको र बाँकी ८ प्रतिशत सर्वसाधारणको छ । त्यसलाई बढाएर सरकारले सर्वसाधारणको स्वामित्व २५ प्रतिशत पुर्याउन लागेको हो ।
प्रकाशित समय : १५:१२ बजे