global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

बजारमा अण्डाको मूल्य बढेको छ। अण्डाको खपत बढेसँगै मूल्य बढेको हो। आजबाट लागु हुने गरी अण्डाको मूल्य बढाइएको नेपाल लेयर्स कुखुरापालक संघले जानकारी दिए।

बजारमा मध्यम, ठूलो र एक्सल गरी तीन आकारका अण्डा आउँछन् । न्यूनतम प्रतिक्रेट १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँका दरले अण्डाको मूल्य बढाइएको छ ।

अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट तीन सय ८५ , एक्स–एल अण्डाको मूल्य प्रतिक्रेट चार सय १५ रुपैयाँ र ठूलो अण्डाको मूल्य प्रतिक्रेट चार सय पर्ने भएको छ।

यसअघि अण्डाको मूल्य प्रतिक्रेट तीन सय ७०, मध्यम तीन सय ५५ र एक्स–एल अण्डा तीन सय ८५ रूपैयाँ थियो। किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि थोरै बढ्ने छ। हाल उपभोक्ता मूल्य प्रतिक्रेट २० देखि ३० रूपैयाँका दरले बढेको छ ।

प्रकाशित समय : १४:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु