global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ विश्व क्यान्सर दिवसका अवसरमा ‘वाकाथुन’

विश्व क्यान्सर दिवसका अवसरमा ‘वाकाथुन’

विश्व क्यान्सर दिवसका अवसरमा ‘वाकाथुन’

विश्व क्यान्सर दिवसका अवसरमा आज चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘वाकाथुन’ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक एवं कर्मचारी तथा यससँग सरोकार राख्ने सयौँको सङ्ख्यामा सहभागिता रहेको थियो । बिहान अस्पताल परिसर १ नं गेटबाट कार्यक्रम सुरु गरी बुद्घचोक, कटहर चोक, पीपलचोक र अस्पतालको २ नं गेट हुँदै पुनः अस्पताल परिसरमा आएर सम्पन्न भएको हो ।

अस्पतालका निर्देशक डा शिवजी पौडेलले फेब्रुअरी ४ का दिन अस्पतालले विश्व क्यान्सर दिवसको अवसर पारेर बिहान अस्पतालबाट वाकाथुन कार्यक्रम गरी दिवस मनाउन सुरु गरिएको जानकारी दिए । उनले सन् २०२५ को नारा ‘युनाइटेड वाई युनिक’ भिन्नतामा एकता रहेको उल्लेख गर्दै बिरामीको भिन्न चरित्रसँग भिजेर चिकित्सक एवं स्वास्थ्यमर्कीले यसको उपचार गर्नुपर्ने बताए । बिरामीको आर्थिक, सामाजिक, मनोवैज्ञानिक भावना चिकित्सकले बुझेर उपचार गर्दा सेवामा चुस्त–दुरुस्त हुने उनको भनाइ थियो ।

डा पौडेलले अस्पतालले आज विभिन्न कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाउने बताए । बिहानको वाकाथुनपछि, दिउँसो क्यान्सर विजेता तथा बिरामी एवं आफन्तसँगको अन्तरक्रिया लगायत क्यान्सरविरुद्धका विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने उनले जानकारी दिए । रासस

प्रकाशित समय : १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु