global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ पासपोर्ट छपाइको म्याद थप गर्न निर्देशन

पासपोर्ट छपाइको म्याद थप गर्न निर्देशन

पासपोर्ट छपाइको म्याद थप गर्न निर्देशन

सार्वजनिक खरिद अनुगमन कार्यालयले पासपोर्ट छपाइको म्याद थप गर्न निर्देशन दिएको छ। धेरै प्रतिस्पर्धीहरु सहभागी हुनसक्ने आकलनसहित कार्यालयले आइतबार राहदानी विभागलाई पत्र पठाएको हो। बोलपत्र कगजपत्रमा संशोधन भएपछि म्याद थप गर्नुपर्नेमा विभागले नगर्दा कार्यालयमा उजुरी परेको थियो।

‘बोलपत्र दाखिला गर्ने अन्तिम मिति म्याद थप गर्दा धेरै प्रतिस्पर्धीहरु सहभागी हुन सक्ने देखिएमा गुनासो सम्बोधन गर्नुहुन निर्देशानुसार अनुरोध छ’, खरिद अनुगमन कार्यालयले विभागलाई काटेको पत्रमा उल्लेख छ।

संशोधनअघि १ कम्पनीले मात्रै सहभागी हुन पाउनेमा अहिले ३ वटा कम्पनी संयुक्त उपक्रममा भाग लिन सक्नेछन्। संशोधनबाट व्यवस्थाहरु फेरिएकाले टेन्डरको म्याद थप गर्नुपर्ने उजुरीमा उल्लेख छ।

प्रकाशित समय : १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु