global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ अर्जुन ट्रफी क्रिकेटः सिवाइसी अत्तरियाको दोस्रो जित

अर्जुन ट्रफी क्रिकेटः सिवाइसी अत्तरियाको दोस्रो जित

अर्जुन ट्रफी क्रिकेटः सिवाइसी अत्तरियाको दोस्रो जित

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिवाइसी अत्तरियाले लगातार दोस्रो जित हासिल गरेको छ ।

गो ड्रिर्मसको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको तेस्रो दिनको दोस्रो खेलमा क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँलाई ८६ रनको फराकिलो अन्तरले हराउँदै अत्तरियाले सेमिफाइनलको सम्भावना बलियो बनाएको हो ।

अत्तरियालाई चार अङ्कसहित समूह ‘ए’ को शीर्षस्थानमा पु¥याउनका लागि विवेक यादवले अर्धशतकसहितको विवेकीय पारी खेले । दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा आठ विकेट क्षतिमा एक सय ४२ रन बनायो । सुरुआती ब्याट्सम्यानहरू सस्तोमा पेलिभियन फर्किंदा चौथो विकेटका रूपमा मैदान छिरेका विवेक यादवले अर्धशतकीय पारी खेले । सोह्र रनमा क्याच आउट छुटेपछि पाएको जीवनदानलाई विवेकीय रूपमा खेल्दै ३५ बलमा ५३ रन बनाए । चार छक्का चार चौका प्रहार गरेका उनी अविजित रहे । एघार दशमलव एक ओभरमा छ विकेट क्षतिमा ५६ रनको स्थितिलाई सुधार गर्दै एक सय ४२ रनसम्म पुराए ।

अत्तरियाका लागि कप्तान सन्तोष कार्कीले २३ रन बनाए । यस्तै सन्दीप क्षेत्रीले १६ रन र शङ्कर रानाले १४ रन बनाए । क्रिकेट एक्सिलेन्स सेन्टरका लागि युनिष ठकुरी र दीपेन्द्र रावतले दुई÷दुई विकेट लिए । सूर्य तामाङ, नितेश यादव र विपिन आचार्यले एक÷एक विकेट लिए ।

एक सय ४३ रनको लक्ष्य लिएर मैदान उत्रिएको क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँले १२ दशमलव दुई ओभरमा नौ विकेट क्षतिमा ५६ रन मात्रै बनायो । सिइसीका विपिन आचार्य ११ दशमलव दुई ओभरमा १३ बलमा ११ रन बनाएर चोट बोकेपछि रिटायर्ड हट हुँदा सिवाइसी अत्तरिया विजयी भएको हो ।

सिइसीका लागि सोनु अन्सारीले सर्वाधिक १५ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो रन अङ्क छुन सकेनन् । पाँच खेलाडी शून्यमा आउट भए । अत्तरियालाई सानदार जित दर्ता गराउने क्रममा कमल गुप्ताले पाँच विकेट लिए । उनी प्रतियोगितामा पाँच विकेट लिने पहिलो खेलाडी भएका छन् । तीन दशमलव दुई ओभर बलिङ गरेका उनले १० रन खर्चिए ।

दिपेश कँडेलले दुई विकेट हात पार्दा साहव आलम र सुशील साउँदले एक/एक विकेट लिए । खेलमा पाँच विकेट लिएका सिवाइसीका कमल गुप्ता नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजारसहित ट्रफी पाए ।

स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद  १० हजार प्रदान गरिनेछ ।

प्रकाशित समय : ०६:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु