global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता

महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता

महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता

महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सी लि.बीच कर्जा असुली सम्बन्धमा असुली परामर्शदाताको रुपमा कार्य गर्ने गरी तथा कर्जा असुली कार्यमासमेत सहजीकरण गर्ने गरी बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच सम्झौता भएको छ ।

बैंक र डोल्मा कन्सल्टेन्सी लि.बीच भएको सम्झौतापश्चात बैंकले ऋण असुली सम्बन्धी कानुनी परामर्श, तालिम र ऋण असुलीको लागि प्रयोग गरिने अन्तर्राष्ट्रियस्तरको सफ्टवेयरको प्रयोग गर्न सक्नेछ । डोल्मा कन्सल्टेन्सीले विभिन्न राष्ट्रिय तथाअन्तराष्ट्रिय बैंकहरुसँग बैङ्गिग सवलीकरणका लागि सहकार्य गर्दै आएको छ ।

अनुभवी स्वदेशी तथा विदेशी विज्ञहरुद्वारा सञ्चालित डोल्मा कन्सल्टेन्सीसँगको सहकार्यले खराब कर्जा असुली प्रणाली सुदृढ बनाउन तथा खराब कर्जा ब्यवस्थापन गर्न बैंकलाई र कर्जा ग्राहकलाई थप सहज हुने विश्वास लिइएको छ ।

प्रकाशित समय : २०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु