global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सन्दिपले ल्याए कवितासङ्ग्रह ‘अपरावर्ती’

सन्दिपले ल्याए कवितासङ्ग्रह ‘अपरावर्ती’

सन्दिपले ल्याए कवितासङ्ग्रह ‘अपरावर्ती’

वसन्त पञ्चमी तथा सरस्वती पुजाको अवसर पारेर लेखक तथा कवि सन्दिप बोहोरा क्षेत्रीले पहिलो कवितासङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक गरेका छन् ।

देव डी प्रोडक्सनले बजारमा ल्याएको कवितासङ्ग्रहमा कुल ८७ कविता सङ्ग्रहित छन् । कवि तथा लेखक क्षेत्रीले समाजमा देखेको र आफ्नो भोगाईलाई अक्षरमार्फत कवितामा उतारेको बताए ।

उनले भने,‘कवितामार्फत आफूसँगै अरुको अस्तित्व स्वीकार्नु पर्छ भन्ने मान्यतालाई व्यक्त गरेको छु । यहाँ आफैँमा हराईरहेकालाई अरुको विषयलाई जानकारी गराउने शब्दलाई कवितामा प्रयोग गरेको छु । यसमा किसान, समाजसबैको पक्षलाई समेटिएको छ ।’

उनले सन् २०१५ देखि नै कविता लेख्ने गरेता पनि पछिल्ला केहि वर्षमा देखेको समाज र भोगाईलाई कवितामा उतारेको बताए । उनले ‘अपरावर्ती’ को अर्थ हार नमान्ने व्यक्ति रहेको बताए ।

‘यो एउटा प्रयासरत व्यक्तिको भोगाई हो । जसले हार नमानेर आफ्नो सपना साकार गर्न सङ्घर्ष गरिरहेको छ । यसलाई धेरैले रिलेट गर्नुहुन्छ भन्ने लागेको छ’, कवि क्षेत्रीले भने । ९२ पृष्ठ रहेको ’अपरावर्ती’ को बजार मुल्य ३ सय ९९ राखिएको छ ।

 

प्रकाशित समय : १८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु