गृहपृष्ठ कुमारी बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न
कुमारी बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न

कुमारी बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सोमबार काठमाडौंको स्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ ।
साधारण सभाले आव २०८०/८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायत वित्तीय विवरण पारित गरेको छ ।
यसैगरी आव २०८१/८२ का लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ ।
प्रकाशित समय : १८:०२ बजे