global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सी लि. बीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता

महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सी लि. बीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता

महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सी लि. बीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता

महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सी लि.बीचकर्जा असुली सम्बन्धमा असुली परामर्शदाताको रुपमाकार्य गर्ने गरी तथाकर्जा असुलीकार्यमा समेत सहजीकरण गर्ने गरी बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बीच सम्झौता भएको छ ।

बैंक र डोल्मा कन्सल्टेन्सी लि.बीच भएको सम्झौता पश्चात बैंकले ऋण असुली सम्बन्धी कानुनी परामर्श, तालिम र ऋण असुलीको लागि प्रयोग गरिने अन्तराष्ट्रिय स्तरको सफ्टवेयरको प्रयोग गर्न सक्नेछ ।

डोल्मा कन्सल्टेन्सीले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंकहरुसंग बैङ्गिग सवलीकरण लागी सहकार्य गर्दै आएको छ । अनुभवी स्वदेशी तथा विदेशी विज्ञहरुद्धारा सञ्चालित डोल्मा कन्सल्टेन्सीसँगको सहकार्यले खराब कर्जा असुली प्रणाली सुदृढ बनाउन तथा खराब कर्जा ब्यवस्थापनगर्न बैंकलाई र कर्जा ग्राहकलाई थप सहजहुने विश्वास लिईएको छ ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नितिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

 

प्रकाशित समय : १६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु