गृहपृष्ठ उच्च अंकले बढ्यो नेप्से परिसूचक, १२ अर्ब ९५ करोडको कारोबार
उच्च अंकले बढ्यो नेप्से परिसूचक, १२ अर्ब ९५ करोडको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत मंगलबार पनि बढेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
आज नेप्से परिसूचक ६९.८० अंक बढेर २७२७.५८ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १३.६४ अंक बढेको बढ्दा फ्लोट इण्डेक्स ४.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५८ अंक बढेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । गत मंगलबार ९ अर्ब ४० करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३३० स्टकको १ लाख ३० हजार ९१३ पटकको कारोबारमा १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँ बराबरको २ करोड ४८ लाख ४८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
प्रकाशित समय : १५:४४ बजे