global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ प्रदेश सरकारले यथाशीघ्र आमसञ्चार नीति ल्याउनेः मुख्यमन्त्री शाह

प्रदेश सरकारले यथाशीघ्र आमसञ्चार नीति ल्याउनेः मुख्यमन्त्री शाह

प्रदेश सरकारले यथाशीघ्र आमसञ्चार नीति ल्याउनेः मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले यथाशीघ्र आमसञ्चार नीति ल्याउने बताएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज सुदूरपश्चिम प्रदेशको आज धनगढीमा आयोजित तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा उनले सञ्चार नीतिका लागि सरोकार भएकासँग छलफल भइसकेकाले पत्रकारहरूसँग अन्तिम पटक छलफल गरेर यसलाई प्रदेशसभामा लैजाने बताए ।

मुख्यमन्त्री शाहले अहिले मन्त्रालयमा सचिव र उपसचिव नभएकाले यो प्रक्रिया अगाडि बढ्न नसकेको उल्लेख गरे । सञ्चारमाध्यममा आदिवासी जनजाति पत्रकारको उपस्थिति हुनु सकारात्मक पक्ष रहेको भन्दै  पत्रकारलाई समाज र सकारात्मक पक्षमा कलम चलाउन आग्रह गरे ।

प्रकाशित समय : २२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु