काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अन्ततः हेराफेरीः३ को निर्देशन प्रियदर्शनले गर्ने

3.82K
shares

बलिउड निर्देशक प्रियदर्शन आधिकारिक रूपमा प्रतिष्ठित कमिक क्यापर गरेको ‘हेराफेरी’ फ्रान्चाइजीको तेस्रो किस्ता निर्देशन गर्ने भएका छन ।

उनले मूल हेराफेरी २००१ निर्देशित गरेका थिए भने फेरी उनी यसको तेस्रो भागमा जोडिएका छन् ।

हेराफेरीः ३ को लामो समयदेखि माग भइरहेको चलचित्र हो, जसको गत वर्ष सिक्बेल आउने अनौपचारिक रूपमा पुष्टि भएको थियो । तर, यो निकै चर्चित फिल्म कसले निर्देशन गर्ने भन्नेबारे कुनै स्पष्टता थिएन। खैर, यो ज्वलन्त प्रश्नको अन्ततः जवाफ भयो– प्रियदर्शन, जो हाल अक्षय कुमारको ‘भूत बंगला’ निर्देशन गरिरहेका छन् । अहिले, उनले हेराफेरीः३ को नेतृत्व गर्ने जानकारी दिएका हुन् ।

जनवरी ३० मा अक्षयले फिल्म निर्मातालाई उनको जन्मदिनको शुभकामना दिएका थिए भने प्रतिक्रियामा, प्रियदर्शनले अक्षयलाई धन्यवादसमेत फर्काएका थिए ।

उनले भने कि उनी हेराफेरी क्लासिकको अर्को अध्याय निर्देशन गर्न इच्छुक थिए । उनले अक्षय, सुनील शेट्टी र परेश रावललाइ टयाग गरेका छन ।

‘अक्षय र अन्य हेराफेरीका स्टारहरू फिल्म निर्मातालाई प्रतिक्रिया दिन द्रुत थिए र पुनः मिलन पाउँदा खुसी थिए। अक्षयले यसलाई हेराफेरीः ३ निर्देशित गर्ने प्रियदर्शनलाई आफ्नो जीवनको सबैभन्दा राम्रो उपहार भनेका छन ।