global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ मुगुमा खुल्ला पुरुष भलिबल प्रतियोगिता

मुगुमा खुल्ला पुरुष भलिबल प्रतियोगिता

मुगुमा खुल्ला पुरुष भलिबल प्रतियोगिता

नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ मुगुको आयोजनामा मुगुमा खुल्ला पुरुष भलिबल सुरु भएको छ ।

नेकपा एमाले मुगुका अध्यक्ष पुर्ण बहादुर रोकायाले प्रतियोगिताको उद्धघाटन गर्दे खुला पुरुष भलिवल खेल सञ्चालन भएको हो । पहिलो दिनको खेलमा दुई खेल सम्पन्न भएका छन् । पहिलो खेलमा छायानाथ रारा नगरपालिका र सिडिएस पार्क गम्था बिच भएको थियो उक्त खेलमा नगरपालिका लाई हराउदै सिडिएस पार्क खत्याड गम्थाले पहिलो जित हात पारेको छ । नगरपालिका लाई सिडिएस पार्कले दुई–एक सेटले हराएको छ ।

दोश्रो खेलमा हुम्ला र डिएफसि मुगु बिच भएको खेलमा महादेव हुम्लालाई डिएफसिले सोझो सेटमा हराएको खेलपे्रमि गणेश सेजुवालले जानकारी दिए । उक्त प्रतियोगितामा १० जना टिमले सहभागिता जनाएका छन् भने खेल १८ गते सम्म सञ्चालन हुनुका साथै खेल नक आउटमा खेलाईएको नेपाल खेलकुद महासंघ केन्द्रिय सदस्य तथा मुगु जिल्ला इन्चार्ज जेट बहादुर विकले बताए ।

उनका अनुसार खेलकुदको विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म ध्यानाकर्षणको लागि खुल्ला भलिबलको आयोजना गरिएको छ । एकातिर मुगुमा खेलमैदान नहुँदा खेल गतिविधि सञ्चालनका लागि समस्या छ । त्यहि पनि रारा बोर्डिङको साँगुरो मैदानमा खेलकुद कार्यक्रम सञ्चालन गरि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन खुल्ला पुरुष भलिबल आयोजना गरिएको उनको भनाई छ । १८ गतेसम्म सञ्चालन हुने जनाइएको छ । प्रतियोगिताको बिजेताले ४० हजार पुरस्कार पाउने छन् ।

प्रकाशित समय : ०७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु