गृहपृष्ठ ब्रदरका प्रिन्टर खरिद गर्दा ५० प्रतिशतसम्म छुट पाइने
ब्रदरका प्रिन्टर खरिद गर्दा ५० प्रतिशतसम्म छुट पाइने

नेपाली बजारको सर्वाधिक लोकप्रिय प्रिन्टर ब्रान्ड ब्रदरले आफ्ना ग्राहकहरूलाई ५० प्रतिशतसम्म छुट दिने भएको छ । सागर ग्रुपले ब्रदर टोनर बक्स सिरिजअन्तर्गतका प्रिन्टरको खरिदमा उक्त प्रतिशतसम्म छुट पाइने व्यवस्था मिलाएको हो ।
यो छुटको सुविधा तेस्रो संस्करणको ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइलः मिट एण्ड ग्रिट, एक्स्पो–२०२५’ बाट लिन सकिने छ । उक्त एक्स्पो बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा माघको २३ गतेदेखि २९ गतेसम्म आयोजना हुँदैछ ।
स्मार्ट लुक्स, ड्युरेविलिटी, कम लागतमा उत्कृष्ट प्रदर्शन, उच्च टोनर क्षमता, इको–फ्रेन्डली डिजाइन ब्रदर प्रिन्टरका प्रमुख विशेषता हुन् । ब्रदर टोनर बक्स सिरिजअन्तर्गत ब्रदर डीसीपी–बी७६२०डीडब्लू ३–इन–१ लेजर प्रिन्टर–मोनो, ब्रदर डीसीपी–बी७६४०डीडब्लू ३–इन–१ लेजर प्रिन्टर–मोनो र ब्रदर एमएफसी–बी७८१०डीडब्लू लेजर एमएफसी प्रिन्टर–मोनो मोडलका प्रिन्टर रहेका छन् ।
यस्तै, उक्त सिरिजमै ब्रदर एचएल–बी२१००डी लेजर प्रिन्टर–मोनो, ब्रदर एचएल–बी२१५०डब्लू लेजर प्रिन्टर–मोनो र ब्रदर एचएल–बी२१८०बीडब्लू लेजर प्रिन्टर–मोनो मोडलको प्रिन्टर रहेको छ । यी सबै मोडलका प्रिन्टर लन्चसँगै नेपाली उपभोक्ताको रोजाइमा पर्ने विश्वास सागर ग्रुपले लिएको छ ।
नेपाली उपभोक्तालाई आर्थिक रूपमा थप लाभान्वित गराउने उद्देश्यका साथ नेपालका लागि ब्रदरको आयातकर्ता सागर ग्रुपले ब्रदरका प्रिन्टरमा प्यारेन्ट कम्पनीसँगको सहकार्यमा विशेष छुट साथै लन्चको घोषणा गरेको सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरले जानकारी दिइन् । व्यावसायिक उपभोक्ता तथा इन्टरप्राइजेजहरुको पहिलो रोजाइमा पर्न सफल ब्रदरका यी प्रिन्टर अपडेटसहित नेपाली बजारमा आएका हुन् ।
‘यो सिरिजअन्तर्गतका ब्रदर प्रिन्टर नेपाली उपभोक्ताले अत्यधिक रुचाएका र आर्थिक रूपमा सर्वाधिक किफायती मानिएका प्रिन्टर हुन्, यसले प्रिन्ट सेवामा नयाँ अनुभव प्रदान गर्छ,’ उनले भनिन् । यस्तै, एक्स्पोको आयोजना अवधिभर ब्रदर टोनर बक्स सिरिजसँगै न्यूनतम २० प्रतिशत छुट उपभोक्ताले ब्रदरका जुनसुकै प्रिन्टर खरिद गर्दा पाउन सक्नेछन् ।
प्रकाशित समय : १७:०९ बजे