global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ अछाममा १३ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने

अछाममा १३ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने

अछाममा १३ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने

अछाममा १३ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने भएको छ । जिल्ला स्वास्थ कार्यालयका अनुसार पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप ६ देखि १० कक्षासम्म अध्ययनरत र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका १३ हजार ८ सय ७२ जना किशोरीलाई लगाइने भएको हो ।

साँफेबगर नगरपालिका स्वास्थ शाखाको आयोजनामा एचपीभी खोप अभियान २०८१ को पालिका खोप समन्वय समिति तथा सरोकारवालाका लागि आइतबार भएको अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख दिपेन्द्र जोशीले माघ २२ गते देखि सञ्चालन हुने खोपका बारेमा जानकारी दिएका छन् ।

अछामका दश पालिकामध्ये सबैभन्दा बढी पञ्चदेवल विनायक नगरपालिकामा एक हजार ६५७ र सबै भन्दा कम बान्नीगढी जयगढ गाउँपालिकामा ८२७ जनालाई एचपीची खोप लगाइनेछ । मेल्लेख गाउँपालिकामा एक हजार ६२२,रामारोशन एक हजार ५६६,मंगलसेन एक हजार ५२१,साँफेबगर नगरपालिका एक हजार ५०२,तुर्माखाँद गाउँपालिकामा एक हजार ४२५,कमलबजार एक हजार ४१४, ढकारी गाउँपालिकामा एक हजार १८२ र चौरपाटी गाउँपालिका एक हजार १५६ जना किशोरीलाई खोप लगाउने जिल्ला स्वास्थ कार्यालयको तथांकमा उल्लेख छ ।

प्रकाशित समय : १३:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु