गृहपृष्ठ ‘सम्पदास्थल संरक्षण गर्न स्थानीयले अग्रसरता लिनुपर्छ ’
‘सम्पदास्थल संरक्षण गर्न स्थानीयले अग्रसरता लिनुपर्छ ’

कपिलवस्तुको सगहरवामा मूर्तिकला कार्यशालाबाट तयार भएका मूर्तिको व्यवस्थापन गरी उद्यानका रुपमा विकास गर्न स्थानीयले अग्रसरता लिनुपर्नेमा जोड दिइएको छ ।
लुम्बिनी विकास कोषले आइतबार सगरहवामा निर्माण गरिएका मूतिरुको संरक्षणका सन्दर्भमा स्थानीय र सरोकारवालासँग गरिएको छलफल कार्यक्रममा स्थानीयकै अग्रसरतामा मात्रै सम्पदास्थल संरक्षण हुने भएकाले अगुवाइ गर्न आग्रह गरिएको हो । लुम्बिनी विकास कोष, कपिलवस्तु नगरपालिकासहितका विभिन्न सङ्घसंस्थाको सहकार्यमा गत वर्ष कपिलवस्तु राष्ट्रिय मूिर्त कार्यशाला गरी सगरहवाको ऐतिहासिकता प्रस्तरमा उतारिएको छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य विष्णु पन्थीले ओझेलमा रहेको सगरहवामा बनेका मूतिलाई आर्कषक उद्यानका रुपमा विकास गर्न सके यसबाट स्थानीयले धेरै लाभ लिनसक्ने बताए । लुम्बिनी आउने पर्यटकको बसाई अवधि अत्यन्तै छोटो भएकोमा सगरहवामा निर्माण गरिएको मूिर्तले पर्यटकको बसाई लम्ब्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले सगरहवामा बनेको मूर्ति स्थानीयको सम्पत्ति रहेको जनाउँदै यसको संरक्षण स्थनीयकै अग्रसरतामा मात्रै सम्भव हुने बताए । उनले कुनै पनि सम्पदाको संरक्षण स्थानीयले नै गर्नसक्ने भएकाले बनेका मूर्तिहरुलाई सजाएर सुन्दर पार्कका रुपमा विकास गर्नका लागि स्थानीय सरकार र स्थानीयवासीलाई नै अगुवाइ गर्न आग्रह गरे ।
कार्यक्रममा कोषका सदस्य सचिव सानुराजा शाक्यले कपिलवस्तु नगरपालिका र सगरहवाका स्थानीयलाई मूर्तिहको संरक्षणका लागि स्पष्ट योजना ल्याउन आग्रह गरे । अन्तक्र्रिया कार्यक्रममा स्थानीय अगुवा ललितबहादुर गुरुङ, देवेन्द्र पोखरेल, हीरालाल पौडेल, डा अब्दुल रसिद खाँनलगायतले मूर्तिको संरक्षणका लागि कोषले उचित वातावरण मिलाउनुपर्नेमा जोड दिए।
शाक्यमुनि बुद्धको जीवनको उतार्धतिर कोशल राज्यका राजा विडूडभले आफू बाबु प्रसनजीतलाई झुक्याएर शाक्यपुत्री भनी दासीपुत्रीसँग विवाह गरिदिएको र प्रतिशोधवश कपिलवस्तु राज्यका हजारौँ शाक्यको सामूहिक बध गरेको स्थानका रुपमा सगरहवालाई चिनिन्छ ।
सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि उनीहरुको सम्झनामा सयौँ स्तुपको निर्माण गरेको चिनियाँ यात्री हुयन् साङ्को सन् ६३६ को यात्रा वृत्तान्तमा उल्लेख गरिएको पाइन्छ ।
प्रकाशित समय : १०:०७ बजे