global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु

भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु

भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु

भारतको दक्षिणी राज्य कर्नाटकमा बुधबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

मारिएका सबै तरकारी विक्रेताहरू थिए, जो आफ्नो उत्पादन नजिकैको थोक बजारमा बेच्न गएका थिए ।

घाइतेहरुलाई हुबली जिल्लाको अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का गरिएको छ ।

छुट्टाछुट्टै दुर्घटनामा राज्यको राईचुर जिल्लामा यात्रु बोकेको गाडी पल्टिँदा करिब २० वर्षका तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । दुर्घटना हुँदा गाडीमा करिब १५ जना सवार थिए ।

प्रकाशित समय : १३:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु