गृहपृष्ठ पोखरा महानगरको ताला खुल्यो, तीनबुँदे सहमति
पोखरा महानगरको ताला खुल्यो, तीनबुँदे सहमति

पोखरा महानगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला बुधबार बिहान खुलेको छ।
पोखराका मेयर धनराज आचार्यले नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिसँग सहमति गरेपछि ताला खुलेको हो। उनीहरूसँग तीनबुँदे सहमति भएको मेयर आचार्यले बताए।
नेकपा (एमाले)का जनप्रतिनिधिले बहिष्कार गरेपछि मेयर आचार्यले नगर सभाको स्थगन गरेका थिए। त्यसपछि कांग्रेसका जनप्रतिनिधिले सोमबार मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए। बुधबार ताला खुलेपछि मेयर आचार्यले सबै जनप्रतिनिधिलाई धन्यवाद दिएका छन्।
प्रकाशित समय : १२:१२ बजे