global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ कञ्चनपुरमा निःशुल्क शव चिस्यान सेवा

कञ्चनपुरमा निःशुल्क शव चिस्यान सेवा

कञ्चनपुरमा निःशुल्क शव चिस्यान सेवा

कृष्णपुर नगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले तीन लाख चार हजार लागतमा ठेक्का प्रक्रियामार्फत शव चिस्यानयन्त्र खरिद गरी सेवा सञ्चालन गरेको हो ।

नगर क्षेत्रका विदेश वा देशका अन्यत्र क्षेत्रमा भएका व्यक्तिका आफन्तको मृत्यु भएमा घर फर्कँदासम्मका लागि शवलाई चिस्यान यन्त्रमा चार–पाँच दिनसम्म सुरक्षित राख्न सकिने व्यवस्था नगरपालिकाले गरेको छ ।

यन्त्रको माग भएका क्षेत्रमा नगरपालिकाले निःशुल्क सेवा उपलब्ध गराउने नगरप्रमुख हेमराज ओझाले बताए । रासस

प्रकाशित समय : १०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु