गृहपृष्ठ रास्कोटमा इलाका प्रशासन कार्यालय भवन बन्दै
रास्कोटमा इलाका प्रशासन कार्यालय भवन बन्दै

भौतिक पूर्वाधारको अभावमा सहज रूपमा सेवा प्रवाह गर्न विविध कठिनाइ खेप्दै आएको रास्कोट नगरपालिकाको इलाका प्रशासन कार्यालय भवन निर्माण हुने भएको छ ।
स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय र रास्कोट नगरपालिकाको तीन करोड ३० लाखको लागतमा भवन निर्माण हुने रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए।
भवन बनेपछि नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, पलाँता गाउँपालिका र रास्कोट नगरपालिकाका सर्वसाधारण लाभान्वित हुनेछन् । भवन निर्माण चाँडै नै प्रारम्भ हुने नगरप्रमुख शाहीले जानकारी दिए।
प्रकाशित समय : १०:०१ बजे