गृहपृष्ठ पूर्व ऊर्जा राज्यमन्त्री शर्माको निधन
पूर्व ऊर्जा राज्यमन्त्री शर्माको निधन

पूर्व ऊर्जा राज्यमन्त्री तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्माको निधन भएको छ । शर्माको आज दिउँसो ६८ वर्षको उमेरमा भारतस्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
मिर्गौलामा समस्या भएपछि शर्मा केही समयअघि उपचारका लागि भारत जानु भएको थियो । मिर्गौला प्रत्यारोपण असफल भएपछि उनको निधन भएको नेकपा ९एकीकृत समाजवादी० बागलुङका अध्यक्ष पिङ्गलराज गौतमले जानकारी दिए ।
पुराना वामपन्थी शर्मा पछिल्लो समय एकीकृत समाजवादीमा क्रियाशील छन् । विसं २०६४ को संविधानसभा सदस्यमा निर्वाचित भएका शर्मा त्यही बेला उन राज्यमन्त्री भएको थियो ।
एकीकृत समाजवादी पार्टी स्थापना भएपछि उन गण्डकी प्रदेश अध्यक्षसमेत भएको थियो । हाल कुनै पनि जिम्मेवारीमा रहेको थिएन । शर्माको शव भोलि साँझसम्म भारतबाट बागलुङ ल्याईपुग्ने अध्यक्ष गौतमले बताए।
प्रकाशित समय : २१:३३ बजे