गृहपृष्ठ जय नेपाल कप : त्रिवि ढाकासँग पराजित
जय नेपाल कप : त्रिवि ढाकासँग पराजित

जय नेपाल कप क्रिकेटमा त्रिभुवन विश्वविद्यालय त्रिवि ढाका विश्वविद्यालयसँग पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा त्रिवि ढाकासँग ८ विकेटले पराजित भएको हो । त्रिविले दिएको १०४ रनको लक्ष्य ढाकाले १२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।
ढाकाका लागि इफ्तखार होस्से २९ र शरियर सकिब २७ रनमा अविजित रहे । त्रिविका लागि खग्रेन्द्र सिंहले २ विकेट लिए ।
पहिले ब्याटिङ गरेको त्रिवि १९.१ ओभरमा १०३ रनमा अलआउट भएको थियो ।
त्रिविका लागि सैमान रायाले २० र भीम सार्कीले १८ रन बनाए । मोजिबुर रहमा, इफ्तखार होस्से, शरियर सकिबले २–२ विकेट लिए ।
प्रकाशित समय : १७:३५ बजे