गृहपृष्ठ टीभीएसद्वारा ‘अनस्टपेबल फ्रिडम’ अभियान घोषणा
टीभीएसद्वारा ‘अनस्टपेबल फ्रिडम’ अभियान घोषणा

टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो लोकप्रिय फ्ल्यागशिप मोडेलहरू— टीभीएस अपाचे आरटीआर १६० रीफ्रेश ४ भि एफडी र अपाचे आरटीआर १६० २ भि रीफ्रेश बीटी का लागि रोमाञ्चक अफरको घोषणा गरेको छ।
यस अफर अन्तर्गत कम्पनीले बाइक पारखीहरूलाई ‘अनस्टपेबल फ्रिडम’ को अनुभव पस्कँदै २ वर्षसम्मका लागि समस्या रहित लिमिटलेस राइडको सुनिश्चितता प्रदान गर्ने उद्देश्य लिएको कम्पनीले जानकारी दिएको छ।
यो विशेष अफर अन्तर्गत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका ग्राहकहरूले २ वर्षसम्मका लागि निःशुल्क स्पेयर पाट्र्स, इन्जिन आयल र सर्भिस प्राप्त गर्न सक्नेछन्। यी सुविधाले आफ्ना उपभोक्तालाई सहज र चिन्तारहित यात्रा तथा प्रयोग अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।
टीभीएस अपाचे आरटीआर सिरिजले उन्नत रेसिङ प्रविधि उपयोग गर्दै ब्रान्डको ‘रेसिङ डीएनए अनलिश्ड’ को सिद्धान्तलाई प्रतिबिम्बित गर्दछ। उच्च प्रदर्शन, आकर्षक डिजाइन, र उत्कृष्ट ह्यान्डलिङको संयोजनले यी बाइक शक्ति र सटिकताका लागि निर्माण गरिएको प्रष्ट हुन्छ। सिरिजले रोमाञ्चक यात्रा गर्न मनपराउनेहरूका साथै दैनिक यात्रुहरूको आवश्यकतालाई समेत पुरा गर्ने कम्पनीको भनाइ छ।
प्रकाशित समय : १६:४५ बजे