global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ कोशीविरुद्ध सहज जित निकाल्दै आर्मी सुपर फोरमा

कोशीविरुद्ध सहज जित निकाल्दै आर्मी सुपर फोरमा

कोशीविरुद्ध सहज जित निकाल्दै आर्मी सुपर फोरमा

विभागीय टोली त्रिभुवन आर्मी क्लबले पुनः जीत निकालेको छ ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार कोशी प्रदेशविरुद्ध ९ विकेटको जीत निकालेको हो ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा कोशीले प्रस्तुत गरेको ३७ रनको लक्ष्य आर्मीले चार बल बाँकी रहँदा एक विकेट गुमाउँदै पूरा गरेको हो ।

पछिल्लो जितसँगै ३ खेलमा ४ अंक जोडेको आर्मीले समूह ‘बी’ बाट सुपार फोरमा स्थानसमेत सुरक्षित गरेको छ । पहिलो पराजय बेहोरेको कोशीको पनि ४ अंक नै जोडन सफल छ ।

यसअघि मधेश प्रदेशलाई पराजित गरेको आर्मीले बागमतीसँग हार बेहोरेको थियो भने कोशीले बागमती र मधेशलाई पराजित गरेर आर्मीसँग भिडन आइपुगेको हो ।

 

प्रकाशित समय : १३:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु