global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ खुमलटार छैंटौं खेलमा पनि पराजित, थ्रि स्टारसँग फराकिलो हार

खुमलटार छैंटौं खेलमा पनि पराजित, थ्रि स्टारसँग फराकिलो हार

खुमलटार छैंटौं खेलमा पनि पराजित, थ्रि स्टारसँग फराकिलो हार

खुमलटारले छैंटौं खेलमा पनि पराजित भएको छ।

थ्री स्टार क्लबले एन्फा यु–१६ युथ लिगमा मंगलबार एफसीले ५– १ को जित दर्ता गरे पछि खुमलटारको छैंटो हार भएको हो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा थ्री स्टारलाई जित दिलाउन राज बम, रोहित दवाडी, रोशन तामाङ, भुपेन्द्रबहादुर रावत र सुमीत बलम्पाकीले गोल गरेका थिए । खुमलटारका लागि सुवास मगरले मात्रै गोल फर्काएका थिए ।

इन्जुरी समयमा सुवासले पेनाल्टीमार्फत गरेको गोल खुमलटारका लागि सान्त्वना बन्यो । साथै, इन्जुरी समयमै सुमीतले गोल गर्दै थ्री स्टालाई सानदार र फराकिलो जित दिलाएका हुन् ।

जितसँगै थ्री स्टारले ६ खेलमा १६ अंक जोडेको छ, छैटौं हार बेहोरेको खुमलटार भने अंकविहिनको अवस्थामा छ ।

 

प्रकाशित समय : १३:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु