global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

विराटनगर महानगरपालिका–१८ का सबै सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयको नौ लाख बजेटबाट विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

जनक आधारभूत विद्यालय परिसरमा आज आयोजित कार्यक्रममा पाँच वटा विद्यालयका नौ सय २३ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । महानगर प्रमुख नागेश कोइरालाले सामुदायिक विद्यालयको भौतिक संरचनाको विकाससँगै विद्यालयको गुणस्तर वृद्धिमा महानगरको ध्यान गएको बताए ।

उनले न्यानो कपडाको अभाव विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई समस्या नहोस् भन्ने हेतुले कपडा वितरण गरेको जानकारी दिए।
.

प्रकाशित समय : १३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु