गृहपृष्ठ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप फाइनल – चर्च ब्वाइज र झापा ११ खेल्दै
अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप फाइनल – चर्च ब्वाइज र झापा ११ खेल्दै

नेपालका दुई क्लबबिच भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा आज प्रतिस्पर्धा हुँदैछ ।
सिक्किमको जोरथाङ रंगशालामा आज दिउँसो २ बजे सुरु हुने उपाधि भिडन्तमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसी खेल्दैछन् ।
क्वार्टर फाइनलमा कोलकताको जर्ज टेलिग्राफ स्पोर्टस् क्लबलाई ४-० अन्तरले हराउँदै अघि बढेको चर्च ब्वाइजले सेमिफाइनल इन्टरनेसनल एफसी पञ्जाबमाथि टाइब्रेकरमा ५-४ को जित निकाल्दै फाइनल यात्रा तय गरेको हो ।
झापा ११ भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा ४-२ ले हिराउँदै क्वार्टरफाइनल प्रवेश गरेको थियो । क्वार्टरफाइनमा भुटानको राष्ट्रिय लिग टिम ट्रान्सपोर्ट युनाइटेडलाई २-१ ले र सेमिफाइनल खेलमा भारतको नयाँ दिल्लीबाट हिरो लिग क्लब सुदेवा दिल्ली एफसीलाई २-१ ले हराउँदै झापा ११ उपाधि नजिक पुगेको हो थियो।
प्रकाशित समय : ११:५३ बजे