global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ खुल्यो

नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ खुल्यो

नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ खुल्यो

नेपाल माइक्रो इन्स्योरेन्सले आज (मंगलबार)देखि आइपिओ बिक्री खुला भएको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।

कम्पनीले कर्मचारीहरूका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता सेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सेयर छुट्याएको छ।

सो पछि बाँकी रहेको १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

 

प्रकाशित समय : ११:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु