global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ श्रीजनशील लघुवित्तको माघ २७ गते वार्षिक साधारण सभा

श्रीजनशील लघुवित्तको माघ २७ गते वार्षिक साधारण सभा

श्रीजनशील लघुवित्तको माघ २७ गते वार्षिक साधारण सभा

श्रीजनशील लघुवित्तको माघ २७ गते वार्षिक साधारण सभा बस्ने भएको छ । यस लघुवित्तले सभामा लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । यसर्थ, यसपटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ ।

सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

सभा प्रयोजनको लागि कम्पनीले माघ १८ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, माघ १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन पाउनेछन् । सभा, होटल पावन मिथिला थाली प्रा।लि, गोलबजार ६ मा बिहान ९ बजे सुरु हुनेछ ।

प्रकाशित समय : ०९:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु