global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ट्रम्पको शपथग्रहण समारोह सुरु

ट्रम्पको शपथग्रहण समारोह सुरु

ट्रम्पको शपथग्रहण समारोह सुरु

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोह सुरु भएको छ । अमेरिकी संसद्को क्यापिटल हिलमा अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिन लागेका हुन् ।

शपथ ग्रहणको पहिलो कार्यक्रम अन्तरगत उनी सेन्ट जोन्स चर्चमा पुगेका थिए । दोस्रो पटक राष्ट्रपति बनेका ट्रम्प पत्नी मेलानिया र परिवारका सदस्यसहित समारोहमा पुगे । त्यहाँ करिब २५ मिनेटको कार्यक्रम भएको थियो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले डोनाल्ड ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सलाई शपथ गराउनेछन्। यस अवधिमा ट्रम्पको देब्रे हात बाइबलमा हुनेछ।

प्रकाशित समय : २०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु