global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ माघ ९ देखि देशभर बीवाईडीको ‘एक्सचेन्च फेस्ट हुँदै

माघ ९ देखि देशभर बीवाईडीको ‘एक्सचेन्च फेस्ट हुँदै

माघ ९ देखि देशभर बीवाईडीको ‘एक्सचेन्च फेस्ट हुँदै

बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ। पाँच दिनसम्म चल्ने उक्त मेला माघ ९ देखि १३ गतेसम्म सञ्चालन हुनेछ ।

एक्स्चेन्ज कार्यक्रममा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसँग बीवाइडीको ब्रान्ड न्यू ईभी साट्न सक्नेछन् । यसरी एक्सचेन्ज गर्दा ग्राहकले उत्कृष्ट मुल्याङ्कनको साथै एक्सचेन्ज बोनस, लोयल्टि बोनस, निशुल्क प्रिमियम एसेसोरिज र निशुल्क चार्जर जडानको सुबिधा पाउने कम्पनीले जनाएको छ।

कार्यक्रम काठमाडौं उपत्यकाका पाँच स्थानसहित बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, विरगञ्ज, पोखरा, बनेपा, नेपालगन्ज र नारायणघाटमा अयोजना हुनेछ ।

प्रकाशित समय : १४:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु