गृहपृष्ठ गरिमा विकास बैंकको नाफा ५५ करोड ५८ लाख
गरिमा विकास बैंकको नाफा ५५ करोड ५८ लाख

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गरिमा विकास बैंक लिमिटेडले ५५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५१ करोड २५ लाख खुद नाफा कमाएको थियो । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.१६ प्रतिशतले बढी हो ।
बैंकको खुद ब्याज आम्दानी २.१९ प्रतिशत बढेको छ । बैंकको सञ्चालन आम्दानी ७.२८ प्रतिशतले बढेको छ भने इम्पेरमेन्ट चार्ज १८.१८ प्रतिशतले घटेर ४४ करोड १९ लाखमा सीमित भएको छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा १४ करोड ७६ लाख रहेको छ भने बैंकको निष्कृय कर्जा अनुपात ४.७२ प्रतिशत रहेको छ ।
प्रकाशित समय : १३:१५ बजे