गृहपृष्ठ राष्ट्रिय परिचयपत्र विवाद : सर्वोच्चद्वारा रिट खारेज
राष्ट्रिय परिचयपत्र विवाद : सर्वोच्चद्वारा रिट खारेज

राष्ट्रिय परिचयपत्र कार्यान्वयनलाई रोक्न माग गर्दै दायर गरिएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । अदालतको यो निर्णयले सरकारलाई विभिन्न सेवाहरूमा राष्ट्रिय परिचयपत्र लागू गर्न सहजता प्रदान गरेको छ ।
अधिवक्ता रामबहादुर राउतले राष्ट्रिय परिचयपत्र एकसाथ लागू गर्दा सेवाग्राहीहरूले समस्या भोग्न सक्ने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरू अब्दुल अजीज मुसलमान तथा नृपध्वज निरौलाको इजलासले उक्त रिट खारेज गरेको हो । सर्वोच्च अदालतले आफ्नो वेबसाइटमार्फत तीन न्यायाधीश सम्मिलित पूर्ण इजलासबाट रिट खारेजसँगै केही निर्देशनात्मक आदेश जारी गरिएको जानकारी दिएको छ, तर आदेशको विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन ।
प्रकाशित समय : १७:१९ बजे