global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ शपथ ग्रहणकै दिन आप्रवासन अध्यादेश जारी गर्ने ट्रम्पको तयारी

शपथ ग्रहणकै दिन आप्रवासन अध्यादेश जारी गर्ने ट्रम्पको तयारी

शपथ ग्रहणकै दिन आप्रवासन अध्यादेश जारी गर्ने ट्रम्पको तयारी

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ ग्रहणकै दिन कडा आप्रवासन नीतिबारे अध्यादेश ल्याउने तयारी गरेका छन् ।

यही सोमबार उनले शपथ ग्रहण गरेलगत्तै ओभल अफिस सम्हाल्ने छन् । अमेरिकी सञ्चारमाध्यम सीएनएनले अध्यादेश तयार भइसकेको जनाएको छ ।

राष्ट्रपति पदको शपथग्रहणसँगै कार्यान्वयनमा जाने आप्रवासन नीतिले अमेरिकामा रहेका आप्रवासी र अमेरिकी-मेक्सिको सीमामा शरण खोजिरहेका आप्रवासीलाई ठूलो प्रभाव पार्नेछ ।

ट्रम्पले अमेरिकी अध्यागमन र भन्सार प्रवर्तनले प्रमुख शहरहरूमा व्यापक कारबाही गर्ने, दक्षिणी सीमामा थप सेना परिचालन गर्ने, प्रवेशयोग्य आप्रवासीका लागि कडा मापदण्ड लागू गर्ने र बाइडेन प्रशासनका नीति उल्ट्याउने तयारी गरेका छन् ।

स्रोतको हवाला दिँदै सीएनएनले भनेको छ, ‘ट्रम्पको कार्यकालको पहिलो ३० दिनभित्रै आप्रवासीलाई डिपोर्ट गरिएका समाचार देख्न पाइन्छ ।’

त्यस्तै ट्रम्पले दक्षिण डाकोटाका गभर्नर क्रिस्टी नोमलाई गृह सुरक्षा सचिवको रूपमा, टम होमनलाई सीमा नीति प्रमुख र स्टीफन मिलरलाई नीति उपप्रमुख र सुरक्षा सल्लाहकार बनाउनेछन् ।

यसपटक ट्रम्प प्रशासनले आप्रवासन नियन्त्रणका लागि ‘भित्री कारबाही’ लाई प्राथमिकता दिने बताइएको छ ।​

डेमोक्रेटिक पार्टीले जितेका निर्वाचन क्षेत्रहरूमा आप्रवासन कारबाहीलाई तीव्र पार्ने योजनामा ट्रम्प प्रशासनको ध्यान केन्द्रित रहेको सीएनएनले जनाएको छ ।

प्रकाशित समय : १६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु