गृहपृष्ठ श्रीलङ्कामा बस दुर्घटना हुँदा ३५ जना भन्दा बढी घाइते
श्रीलङ्कामा बस दुर्घटना हुँदा ३५ जना भन्दा बढी घाइते

श्रीलङ्काको दक्षिणी प्रान्तमा आइतबार बिहान दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाभन्दा बढी लाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार छ जना गम्भीर घाइते भएका छन् र उनीहरुको मातरा जिल्लाको एक सुविधासम्पन्न अस्पतालमा उपचार भइरहेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा पानी परिरहेको थियो ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । प्रहरीको अनुसन्धान रिपोर्ट आएपछि दुर्घटना हुनुको खास कारण खुल्ने प्रहरीले बताएको छ ।
श्रीलङ्कामा सन् २०२० देखि २०२४ सम्ममा सवारी दुर्घटनामा परी १२ हजार १४० जनाले ज्यान गुमाएका छन् ।
श्रीलङ्काका अधिकारीहरूले यात्रुवाहक बसहरूमा ट्राफिक नियम उल्लङ्घन गर्ने व्यक्तिहरूविरुद्ध कानुनी कारबाहीलाई तीव्रता दिइरहेका छन्।
श्रीलङ्का सरकारले सडक दुर्घटना रोक्नका साथै अपराध र लागूऔषध विरोधी अभियान सञ्चालन गर्ने उद्देश्यले थप १० हजार प्रहरी अधिकारीहरू भर्ती गर्न अनुमति दिएको छ।
प्रकाशित समय : १५:५२ बजे