global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ मधेशी नेताहरुले शहीदको शालिकलाई अछुत बनाएको भन्दै युवाहरुले गरे शुद्धिकरण

मधेशी नेताहरुले शहीदको शालिकलाई अछुत बनाएको भन्दै युवाहरुले गरे शुद्धिकरण

मधेशी नेताहरुले शहीदको शालिकलाई अछुत बनाएको भन्दै युवाहरुले गरे शुद्धिकरण

मधेशी शहीदको शालिकलाई मधेशी दलका नेताहरुले अछुत बनाएको भन्दै युवा तथा नागरिक समाजका अगुवाहरुले शुद्धिकरण गरेका छन् ।

माघ ५ गते मधेश बलिदानी दिवसको अवसरमा सिरहाको लहानमा रहेका मधेश आन्दोलनका शहीदहरुको शालिकलाई युवा तथा नागरिक समाजका अगुवाहरुले गंगाजल छर्केर शुद्धिकरण गरेका छन् ।

मधेश जनजागरण अभियानका (त्रिनेत्र)का संयोजक रंजित कुमार झाले मधेशी दलका नेताहरु मधेशी शहीदको अपमान गर्दै आएको गम्भीर आरोप लगाएका छन् । उनले मधेशी युवाहरुलाई हत्या गर्ने ठूला दलका नेताहरुको पाउँपुजा गर्नेहरुले शहीदको शालिक छोएकोले अछुत भइसकेको भन्दै गंगाजल छर्केर शुद्धिकरण गरिएको दाबी गरे ।

मधेशका मसीहा भनाउने उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र सीके राउतहरुले मधेश आन्दोलनका एजेण्डालाई छोडिसकेको उनीहरु सत्ता र भत्तामा मात्र समाइरहेको आरोप नागरिक समाजका अगुवाहरुले लगाए ।

प्रकाशित समय : १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु