global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ १ सय ९५ किलोग्राम गाँजासहित एक जना पक्राउ

१ सय ९५ किलोग्राम गाँजासहित एक जना पक्राउ

१ सय ९५ किलोग्राम गाँजासहित एक जना पक्राउ

प्रहरीले ठुलो परिणामको गाजा बरामद गरेको छ ।

वीरगंज महानगरपालिका–१९ बर्वाबाट अवैध लागूऔषध गाँजा १ सय ९५ किलोग्रामसहित एक ब्यक्तिलाइ पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ रमनटार बस्ने ३६ वर्षीय सुकलाल महर्जनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पोखरीयासमेतबाट खटिएको प्रहरीले बा.प्र.०३–००१ ख ३५८७ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा अनलोड गरी परालको थुप्रोमा लुकाई छिपाई भाग्ने क्रममा ट्रक चालक सुकलाललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित समय : १३:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु