global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ राजस्व सङ्कलन बढ्यो

राजस्व सङ्कलन बढ्यो

राजस्व सङ्कलन बढ्यो

आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा गत आवको सोही अवधिको तुलनामा १२ दशमलव ३७ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका अनुसार चालु आवको समीक्षा अवधिमा एक अर्ब ५१ करोड ७२ लाख ९७ हजार राजस्व सङ्कलन भएको छ भने गत आवको सोही अवधिमा रु एक अर्ब ३५ करोड तीन लाख राजस्व सङ्कलन भएको थियो । कार्यालयले चालु आवमा चार अर्ब ६१ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको अधिकृत ज्ञानेन्द्र राईले जानकारी दिए ।

“चालु आवको छ महिनामा एक अर्ब ८८ करोड ५८ लाख २१ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ८० दशमलव ४६ प्रतिशत राजस्व सङ्कलन भयो”, उनले भने “चालु आवको पहिलो छ महिनामा गत आवको सोही अवधिको तुलनामा राजस्व असुली बढे पनि चालु आवमा राजस्व असुलीको लक्ष्य बढेर आएकोले सो अनुसार सङ्कलन हुनसकेन” ।

कार्यालयले समीक्षा अवधिमा आयकरबाट ६६ करोड ३१ लाख ४८  हजार, ब्याजबापत चार करोड ७५ लाख ९६ हजार, मूल्य अभिवृद्धि करबापत ५२ करोड २० लाख ३० हजार अन्तःशुल्क बापत २६ करोड ५० लाख पाँच हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले राजस्व सङकलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको कर अधिकृत राईले बताए ।

उनका अनुसार स्थानीय उद्योग वाणिज्य सङ्घको समन्वयमा निरन्तर करदाता शिक्षा कार्यक्रम, स्थानीय तहसँगको समन्वयमा प्यानमा दर्ता नभएका साना व्यवसायीका लागि तालिम सञ्चालन भइरहेका छन् ।

प्रकाशित समय : १८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु