global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ श्रीलङ्का केन्द्रीय बैङ्कद्वारा डिजिटल भुक्तानी प्रवद्र्धन अभियान सुरु

श्रीलङ्का केन्द्रीय बैङ्कद्वारा डिजिटल भुक्तानी प्रवद्र्धन अभियान सुरु

श्रीलङ्का केन्द्रीय बैङ्कद्वारा डिजिटल भुक्तानी प्रवद्र्धन अभियान सुरु

श्रीलङ्काको केन्द्रीय बैङ्कले डिजिटल भुक्तानी प्रवद्र्धन अभियान सुरु गरेको छ । बैङ्कले देशभर डिजिटल भुक्तानीहरू अपनाउनलाई तीव्रता दिने उद्देश्यले डिजिटल भुक्तानी प्रवद्र्धन अभियान सुरु गरेको एक विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति अनुसार,“गभर्नरले देशको आर्थिक विकास र नागरिकको जीवनस्तर उकास्न तथा आधुनिक प्रविधि र डिजिटल भुक्तानीको महत्वपूर्ण भूमिकामा जोड दिनुभयो ।”

उनले सरकारी संस्था र वित्तीय संस्थाको संलग्नतामा डिजिटल भुक्तानीलाई सबैमाझ लोकप्रिय बनाउनु पर्नेमा जोड दिए ।

डिजिटलाइजेसनको माध्यमबाट दिगो र समावेशी आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्न केन्द्रीय बैङ्कले गरेको पहलको शृङ्खलामा यो सचेतना अभियान पहिलो भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय : १८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु