गृहपृष्ठ नेपाल कबड्डी लिग शुक्रबारबाट काठमाडौंमा सुरु हुँदै
नेपाल कबड्डी लिग शुक्रबारबाट काठमाडौंमा सुरु हुँदै

नेपाल कबड्डी लिग (एनकेएल) शुक्रबारबाट काठमाडौंमा सुरु हुँदै छ ।
फ्रेन्चाइज टिमको अवधारणामा आयोजित प्रतियोगिता राउन्ड रोविन लिग र नकआउट चरण गरी माघ १८ गतेसम्म चल्ने आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले जनाएको छ ।
प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स रहेका छन् ।
सबै लिगका प्रशिक्षक तथा मार्की खेलाडीहरूले पहिलो संस्करणको तयारी राम्रो भएको र निकै उत्साहित रहेको बताएका छन् । प्रतियोगिता अघि बिहीबार दशरथ रंगशालामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा उनीहरूले पहिलो संस्करणको उपाधि जित्ने दाबी गरेका छन् ।
प्रकाशित समय : १८:०३ बजे