गृहपृष्ठ बन्द भएको ९ महिनापछि फेरि खुल्यो निदान अस्पताल
बन्द भएको ९ महिनापछि फेरि खुल्यो निदान अस्पताल

ललितपुरको पुल्चोकस्थित निदान अस्पताल बन्द भएको ९ महिनापछि पुनः सञ्चालनमा आएको छ।
अस्पतालले आज (बिहीबार) एक कार्यक्रम राखी विगत ९ महिनादेखी बन्द रहेको अस्पताल २०८१ माघ १ गतेदेखि पुनः सञ्चालनमा आएको जानकारी दिएको हो।
आगामी दिनमा अस्पतालले विगतका अनुभवका आधारमा उच्च गुणस्तरीय, सुलभ, स्वास्थ्य सेवा प्रदान गर्ने प्राडा श्रेष्ठको दाबी छ। अस्पतालले विगतमा जस्तै अनुभवी विशेषज्ञ चिकित्सकहरुबाट पेट तथा कलेजो रोग, मुटु रोग, मिर्गौला रोग, हाडजोर्नी, क्यान्सर रोग, प्रसुति तथा स्त्री रोग, पिसाब रोग, श्वासप्रश्वास रोग, नशा रोग, मनोचिकित्सक, छाला तथा सौन्दर्य सेवाहरु दिनेछ।
प्रकाशित समय : १७:२५ बजे