global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ‘दुखी आत्मा’को ‘ब्रेकअप कविता’ सार्वजनिक

‘दुखी आत्मा’को ‘ब्रेकअप कविता’ सार्वजनिक

‘दुखी आत्मा’को ‘ब्रेकअप कविता’ सार्वजनिक

‘माया, तिमी यसलाई एक घटना सम्झ।
विन्ती यसलाई दुर्घटना नसम्झ।

सम्झ सायद, यसरी छुट्नु नै भएको थियो भेट हाम्रो।’
माथिको कविताको हरफ फागुनको २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दुखी आत्मा’ समावेश छ। कवि श्रवण मुकारुङले लेखेका १० वटा कविताहरु यो फिल्ममा समावेश छन्।

जसमध्ये, यसको निर्माणपक्षले पहिलो कविता सार्वजनिक गरेको छ। जसलाई ‘ब्रेकअप कविता’को रुपमा सार्वजनिक गरिएको छ।

सार्वजनिक कवितामा दयाहाङ राईको आवाज सुन्न पाइन्छ। भिडिओमा दया नायिका आँचल शर्माको अगाडि बसेर कविता सुनाइरहेका छन्। आँचल उनले सुनाएको कविता ध्यान दिएर सुनिरहेकी छिन्। यसले, फिल्ममा दया कतै कविको भूमिकामा त छैनन् भन्ने पनि अड्कल लगाउन सकिन्छ।

क्लक वर्क क्रियशनको व्यानरमा निर्माण भएको फिल्मलाई हिमाल कडरियाले निर्माण गरेका हुन्। फिल्ममा दीपेन्द्र लामाको लेखन तथा निर्देशन छ।

प्रकाशित समय : १७:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु