global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ राखेपको बोर्ड बैठक जारी

राखेपको बोर्ड बैठक जारी

राखेपको बोर्ड बैठक जारी

अदालत र राष्ट्रिय खेलकुद परिषद (राखेप) को आदेशको‌ अवज्ञा गर्दै निर्वाचन गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) लगायतका एजेण्डामा छलफल गर्न डाकिएको राखेपको १ सय १९ औं बोर्ड बैठक जारी छ।

राखेपका अध्यक्ष रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी अध्यक्षतामा बैठक मन्त्रालयमा बसिरहेको छ।

उच्च अदालतको आदेश र राखेपको निर्देशनको अटेर गर्दै एनओसीले मंसिरमा विशेष साधारणसभामार्फत विधान संशोधन गरेको थियो। सोही विधानका आधारमा पुस १३ गते निर्देशन गरेको थियो।

सर्वोच्च अदालतले निर्वाचन रोक्न दिएको आदेश र सोही आदेशका आधारमा राखेपले दिएको निर्देशनलाई अवज्ञा गर्दै एनओसीले अनलाइनमार्फत अध्यक्षको निर्वाचन गरेको थियो।

 

 

प्रकाशित समय : १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु