global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ खानेपानी तथा सरसफाइको क्षेत्रमा सहयोग गर्न युनिसेफलाई खानेपानीमन्त्री यादवको आग्रह

खानेपानी तथा सरसफाइको क्षेत्रमा सहयोग गर्न युनिसेफलाई खानेपानीमन्त्री यादवको आग्रह

खानेपानी तथा सरसफाइको क्षेत्रमा सहयोग गर्न युनिसेफलाई खानेपानीमन्त्री यादवको आग्रह

खानेपानीमन्त्री प्रदीप यादवले युनिसेफ नेपाललाई खानेपानी तथा सरसफाइको क्षेत्रमा आवश्यक सहयोगको आग्रह गरेका छन् ।

आज मन्त्रालयमा मन्त्री यादव तथा नेपालका लागि युनिसेफका प्रतिनिधि एलिस् अकुङ्गाबीच भएको भेटघाटमा उनले सो आग्रह गरेका हुन । मन्त्री यादवले विसं २०७६ असोज १३ गते नेपाल एसियाकै प्रथम खुला दिसामुक्त राष्ट्र घोषणा गर्न सहयोग गर्ने विकास साझेदार संस्थामध्ये युनिसेफ भएको बताउँदै उनले प्रशंसा गरे।

सोही क्रममा मन्त्री यादवले दिगो विकास लक्ष्य अन्तर्गत खानेपानी सरसफाइ तथा स्वच्छता (वास)सम्बन्धी लक्ष्य पूरा गर्न दीर्घकालीन रणनीतिक योजना बनाउन युनिसेफसँगको सहजीकरण आवश्यक रहेको धारणा राखे ।

उनले भने, “खानेपानी, सरसफाइलगायतको क्षेत्रमा युनिसेफले राम्रा काम गर्दै आइरहेको छ, आगामी दिनमा पनि यहाँका दुर्गम क्षेत्रका नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाइको पहुँचमा पु¥याउन युनिसेफको सहयोग आवश्यक छ ।”

पानीको गुणस्तर जाँच, शुद्धीकरण र गुणस्तरीयता मापन, दातृ निकायसँग एकद्वार प्रणालीमार्फत परियोजना सञ्चालनलगायतका विषयमा विषयमा छलफल भएको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले जानकारी दिए ।

उक्त छलफलमा नेपालका लागि युनिसेफका प्रतिनिधि अकुङ्गाले खानेपानी, तथा स्वास्थ्य सरसफाइको क्षेत्रमा विगतदेखि काम गर्दै आइरहेको र आगामी दिनमा अझै वृहत सहयोग गर्ने बताए । उनले भने “नेपालमा खानेपानी, सरसरफाइको क्षेत्रमा पाँच वर्षे रणनीति अनुसार कार्ययोजना बनाएर काम गर्दैछौँ । यसपछिको योजनामा अझै वृहत काम गर्ने योजनामा छौँ ।”

उक्त कार्यक्रममा मन्त्रालयका तर्फबाट सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, ई रमाकान्त दुवाडी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ तथा युनिसेफका तर्फबाट दण्डिराम विश्वकर्मा, अरनिता मास्के श्रेष्ठ, मोहमद् इफरानलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित समय : २१:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु