गृहपृष्ठ अधिवक्ता त्रिपाठीलाई अराजक व्यक्तिहरुले हातपात र दुव्र्यवहार गरेको घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण
अधिवक्ता त्रिपाठीलाई अराजक व्यक्तिहरुले हातपात र दुव्र्यवहार गरेको घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण

सहकारीको अपचलन तथा ठगि प्रकरण सम्बन्धमा काठमाडौं जिल्ला अदालतमा आज भएको थुनछेक वहस सकिएपछि बाहिर निस्कदै गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई अदालत परिसरभित्रै केही अराजक व्यक्तिहरुले एक्कासी आक्रमण गर्दै लछारपछार, हातपात र दुव्र्यवहार गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।
ध्यानाकर्षण प्रत्रमा लेखिएको छ ‘विधिको शासनमा अदालतमा पक्ष र विपक्षका बीचमा बहस गर्न पाउने जो सुकैलाई पनि अधिकार रहेको हुन्छ । यो घटनालाई नेपाली कांग्रेसले अत्यन्त दुःखदायी घटनाको रुपमा लिएको छ । विधिको शासन, कानूनी राज्य र न्यायपालिकाप्रति विश्वास राख्ने राजनीतिक दलका लागि यो अराजकता र अवांछित गतिविधि कदापी स्वीकार्य हुन सक्दैन । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्सर्ना गर्दछ । यस्ता घटनामा संलग्न जो सुकैलाई पनि कानूनी कारवाहीको दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’
प्रकाशित समय : २१:५१ बजे