global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ दोलखाका ६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै

दोलखाका ६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै

दोलखाका ६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै

दोलखा जिल्लाका ६ हजार पाँच सय ३० जना छात्रा तथा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ ।

जनस्वास्थ्य कार्यालय दोलखाले यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत दोलखाका १०देखि १४ वर्ष उमेर समूहका विद्यालय छात्रा तथा किशारीहरुको पहिचान गरी एचपिभी खोप लगाउने भएको छ ।

वैतेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पौडेलको अध्यक्षयता तथा वैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामाको अध्यक्षयता संचालित एक दिने खोप सम्बन्धि अभिमुखी कार्यक्रममा उनले सम्बन्धि विद्यालयमै खोप केन्द्र रहनेगरि २२ माघ देखि २८ माघसम्म क्यान्सर विरुद्धको खोप लगाइने बताए।

दोलखाका दुई नगरपालिका सहित सात गाउँपालिकामा माघ २२ देखि २८ गतेसम्म खोप कार्यक्रम तयार गरिएको उनले बताए । जिल्लामा सबैभन्दा बढी भीमेश्वर नगरपालिका २९ विद्यालय केन्द्रित कक्षा ६ देखि १० सम्मका १४ सय ८१ जना विद्यार्थी छात्रा तथा किशोरीलाई पाठेघर मुखको क्यान्सर विरुद्धको खोप लगाइने छ।

प्रकाशित समय : २१:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु