global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नाइजेरियामा सडक दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु

नाइजेरियामा सडक दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु

नाइजेरियामा सडक दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु

नाइजेरियाको मध्य क्षेत्रमा भर्खरै सडक दुर्घटनाहरूमा कम्तिमा ३२ जनाको मृत्यु भएको छ र ७३ भन्दा बढी अन्य घाइते भएका छन् ।

पन्कासिन स्थानीय सरकारी क्षेत्रको आपतकालीन व्यवस्थापन समितिका प्रमुख जोन डासरले शनिबार विवाह समारोहबाट फर्कने क्रममा करिब १९ जनाको मृत्यु भएको र ११ जना नराम्ररी घाइते भएको बताए ।

डासरका अनुसार बिवाह जात्रा बोकेको बस चट्टानी बाटोमा हिड्ने क्रममा पल्टिएको हो । दुर्घटनापछि एक्कासी आगलागी हुँदा गाडीमा सवार यात्रुलाई चिन्नै गाह्रो भएको थियो । म्गलबार राति कोगी प्रदेशको राजधानी लोकोजामा आर्टिक्युलेट सवारीसाधन दुर्घटना हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

कोगी राज्यको फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी) का सेक्टर कमाण्डर स्यामुएल ओयेडेजीले घटना तीव्र गतिको कारण भएको हो । ओयेडेजीले सवारी दुर्घटनाबाट बच्न सधैं ट्राफिक नियम पालना गर्न सवारी चालकलाई आग्रह गरे ।

देशको मध्य क्षेत्रको अर्को राज्य नाइजरको क्षेत्रमा भएको सडक दुर्घटनामा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

प्रकाशित समय : २१:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु