global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने

‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने

‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ह्युमन मेटाप्न्यूमो भाइरस (एचएमपिभी) बारे अध्ययन गर्ने भएको छ ।

इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाले भाइरसबारे नेपालका बिरामीमा पहिलो पटक अध्ययन गर्न लागेको जनाएको छ । महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरले त्रिवि शिक्षण अस्पताल र कान्तिबाल अस्पतालमा आउने बिरामीको नमुना सङ्कलन गरेर अध्ययन गरिने बताए।

“राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र महाशाखा मिलेर एचएमपिभीको अध्ययन गर्न थालेको छौँ”, उनले भने, “एचएमपिभी इन्फ्लुयन्जासँग मिल्ने भएकाले इन्फ्लुयन्जा नेगेटिभ भएका बिरामीको नमुना सङ्कलन गरेर अध्ययन गरिने छ ।”

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण गराएको छ । उक्त हल्लाको पछि नलाग्न मन्त्रालयले आग्रह गरेको छ ।

ह्युमन मेटाप्न्यूमो भाइरस नेपालमा नयाँ भाइरस नभइ विगतमा पनि देखिएको साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो । यस भाइरसबाट गम्भीर समस्या देखिने जोखिम कम रहेको र यसको सङ्क्रमण सामान्यतः कमजोर प्रतिरक्षा क्षमता भएका व्यक्ति, साना बालबालिका र वृद्ध व्यक्तिमा मात्र हुने सम्भावना रहने महाशाखाका निर्देशक डा घिमिरेले बताए ।

प्रकाशित समय : २१:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु