global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नेवाः संकिपा राष्ट्रिय दबूको अध्यक्षमा महर्जन

नेवाः संकिपा राष्ट्रिय दबूको अध्यक्षमा महर्जन

नेवाः संकिपा राष्ट्रिय दबूको अध्यक्षमा महर्जन

चलचित्रकर्मी तथा चलचित्रको प्रवद्र्धन र संवद्र्धन गर्ने उद्देश्यले स्थापित नेवाः संकिपा राष्ट्रिय दबूको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रत्न महर्जनको अध्यक्षतामा नेवाः संकिपा राष्ट्रिय दबूको १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

संकिपा दबूको उपाध्यक्षद्वयमा रवि डङ्गोल र मञ्जु श्रेष्ठ, सचिवमा रवि महर्जन, सहसचिवमा राजिव राजोपाध्याय, कोषाध्यक्षमा अन्नपुर्णेश्वरी श्रेष्ठ र सहकोषाध्यक्षमा रञ्जु श्रेष्ठलाई चयन गरिएको छ । त्यस्तै, सदस्यमा भीमसेन रिसाल, राज शाक्य, राजेश महर्जन, रेवन्तलाल श्रेष्ठ, रवि श्रेष्ठ, सुविन्द्र श्रेष्ठलगायत रहेका छन् ।

संकिपा दबूलाई चलायमान बनाउन अधिवेशनले विभिन्न कमिटीसमेत गठन गरिएका छन् । सङ्गठन विस्तार कमिटीको संयोजकमा रवि महर्जन, आर्थिक कमिटी संयोजकमा रञ्जु श्रेष्ठ र सहसंयोजक अन्नपूर्णेश्वरी श्रेष्ठ, प्रशिक्षण कमिटीको संयोजकमा रवि डङ्गोल, सहसंयोजकमा राज शाक्य र रेवन्तलाल श्रेष्ठ चयन भएका छन् । त्यस्तै, बजार व्यवस्थापन कमिटीको संयोजकमा महर्जन रत्न, सहसंयोजकमा राज शाक्य, अन्तर्राष्ट्रिय कमिटी संयोजकमा आशिषमा नकर्मी र कला संस्कृति कमिटी संयोजकमा भीमसेन रिसाल, सहसंयोजक श्यामप्रसाद खड्गी र सदस्यमा राजमुनि बज्राचार्य रहेका छन् ।

संकिपा दबूले संरक्षकका रूपमा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य तथा सल्लाहकारमा पूर्वअध्यक्ष नरेश ताम्राकार, वरिष्ठ चलचित्रकर्मी पवन जोशी, वरिष्ठ चलचित्र सम्पादक निर्देशक एवं नेपाल टेलिभिजनका पूर्वकार्यकारी सम्पादक माणिकरत्न तुलाधर, वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेलगायतलाई चयन गरिएको छ । त्यसैगरी नायिका चैत्यदेवी सिंह, मातृभाषामा बनेको पहिलो चलचित्र ‘सिलु’का नायक जय श्रेष्ठलगायतलाई संकिपा दबूको मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरिएको छ ।

अधिवेशनपछि बसेको संकिपा दबूको पहिलो बैठकले नेवाः चलचित्र क्षेत्रमा काम गर्दै आएका सबै सङ्घ संस्थालाई समेटेर जाने निर्णय गर्दै सबै चलचित्र सम्बन्धि संघ संस्थाहरुबाट समेत प्रतिनिधित्व गराउन आग्रह गरिने, सङ्गठन विस्तार गर्ने जिल्ला समितिहरु बनाउने, सदस्यता वितरण गर्नेलगायत निर्णय गरेको छ । त्यसैगरी संकिपा कोष स्थापना गर्ने, चलचित्र प्रदर्शन र चलचित्र महोत्सव गर्ने समेत निर्णय गरिएको छ ।

प्रकाशित समय : २१:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु